३ हप्तादेखि बेपत्ता वरिष्ठ अधिकृत पौडेलको शव भेटियो

पोखरा ।   पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेलको शव भेटिएको छ । असार ९ गते देखी शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको छ ।

उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई आफ्न्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको छ । मुचुल्का गरेपछि उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइने छ ।

असार ९ गते शनिबार बिहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी बेपत्ता थिए । उनी बेपत्ता भएको खबर पाउने बित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको थियो । घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए ।

उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु