संसद्लाई कसैको स्वार्थ पूरा गर्न प्रयोग गर्नुहुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं प्रदेशका सांसदहरूसँगको शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध हुनुहुँदैन भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले दुईचारजना मानिसले गलत नियतले संसद् रोक्दैमा अब नरोकिने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु