सिन्धुपाल्चोकमा जीप दुर्घटना, पाँचको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सल्लेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार राति फ्याफुला डाँडाबाट चार सय मिटर तल खसेको हो। सिन्धुपाल्चोक प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको हो। बोधोम र सुनमायाको उपचारका लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरुलाई मेलम्चीबाट शुक्रबार बिहान साढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि पठाइको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।

घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ। चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु