चिकित्सकको हड्तालः आजदेखि आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले शुक्रबारदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा। सुमित पाण्डे र सचिव डा।विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् ।

एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ । नागरिक दैनिकमा समाचार छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु