‘गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुँदैन’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको माग हुबहु कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सार्वभौम अधिकार सम्पन्न संसद भन्दा माथि कोही पनि नहुने भन्दै कुनै व्यक्तिले यो या त्यो गर भनेर निर्देशित गर्न हुँदैन भने । कसैले त्यसो गरेमा सार्वभौम नेपाली जनताको अपमान गरेको ठहरिन्छ उनले भने ।

प्रतिवेदन माथि थपघट गर्ने अधिकार सरकारलाई भएको भन्दै प्रचण्डले चिकित्सा शिक्षा विधेयकबारे अन्तिम फैसला संसदले गर्ने उनले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु