सिन्धुपाल्चोकको अमलेमा पहिरो, ३ घर पुर्ण रूपमा क्षतिग्रस्त

सिन्धुपाल्चोक । हिजो रातिदेखि निरन्तर परीरहेको वर्षाका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र थप जोखिममा परेको छ । वर्षाका कारण मेलम्ची नगरपालिका ४ स्थित अमलेमा पहिरो जानुका साथै यहाँका दुर्इ दर्जन घरहरू धरापमा परेका हुन् ।

पहिरोले राम न्यौपाने, रामचन्द्र खनाल, कृष्ण खनालको घरलार्इ पूर्णरूपमा क्षति पुर्याएको छ भने बाँकी घरहरू पनि समान्य क्षतिको शिकार भएका छन् ।  भूकम्पले कमलो बनाएको जमिनमा पहिरो गएपछी पुरै गाउँ नै सार्नपर्ने खतरा पर्नसक्ने स्थानीहरू बताउँछन् ।

पहिरोका कारण थप क्षति नभएको र सम्भावित क्षतिबाट बच्न पीडितलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु