‘२.०’को प्रदर्शन मिति पक्का

बलिउड । दक्षिण भारतीय सिनेमा ‘२.०’को प्रदर्शन मिति तय भएको छ। अक्षय कुमार र रजनीकान्त आमनेसामने भएको कारण दर्शकमाझ यो सिनेमा बहुप्रतिक्षित छ। सन् २०१७ देखि रिलिज हुने भनिएको या सिनेमाको प्रदर्शन मिति अन्यौलमै रहेको थियो। अब भने सिनेमाले आफ्नो नयाँ प्रदर्शन मिति पक्कापक्की गरेको हो।

सिनेमा सन् २०१८ को नोभेम्बर २९ तारिखमा रिलिज हुनेछ। फिल्म निर्देशक शंकरले यसको प्रदर्शन मिति अब नसर्ने भन्दै ट्विट गरेका छन्। ४ सय करोड भन्दा बढी लगानी भइसकेको फिल्मको भीएफएक्सका कारण रिलिज मिति सर्दै आएकोमा भीएफएक्स कम्पनीले पनि काम सक्ने पक्का गरेकाले यो मितिमा फिल्म रिलिज हुने शंकरले ट्विट गर्दै बताएका छन्।

फिल्ममा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ। फिल्ममा अक्षय कुमारले नेगेटिभ भूमिका निर्वाह गरेका छन्। यही मितिमा बलिउड फिल्म ‘केदारनाथ’ पनि प्रदर्शन हुँदैछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु