डा. केसीलाई काठमाडौं ल्याउन सरकारको हेलिकप्टर तयारी अवस्थामा

काठमाडौं ।  १३ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले  हेलिकप्टर तयारी अवस्थामा राखेको छ । सरकारले हेलिकोप्टरबाट डा.केसीलाई बिहिबार काठमाडौं ल्याउने तयारी गरेको छ । उनलाई दोलखामा रहेको हेलिकप्टरबाट काठमाडाैं ल्याउने तयारी छ । मौसम अनुकुल रहे सो हेलिकप्टर आजै जुम्ला जानेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशन बसिरहेका उनको स्वास्थ्यस्थिति नाजुक बनेपछि सरकारले बुधबार हेलिकप्टर जुम्ला पठाएको थियो । तर माैसमले साथ नदिंदा उनलाई काठमाडौं ल्याउन सकिएको छैन ।  उनको मुटुको चाल तलमाथि भैरहेकाले स्वास्थ्यमा जतिबेला पनि खतरा रहेको उपचारमा संलग्न चिकित्सकले  जानकारी दिएका  छन् ।  तर डा के.सीले आफ्नो माग पुरा नहुँदा सम्म जुम्ला नछाड्ने अडान लिएका  छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु