ऐतिहासिक जीत निकाल्दै क्रोएसिया विश्वकप फुटबलको फाइनलमा

एजेन्सी । क्रोएसिया इतिहास रच्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान रुसको मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
सन् १९९८ मा विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो ।
क्रोएसियाले विश्वकपको उपाधिका लागि अब फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि क्रोएसियाले जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए। पेरिसिक खेलको म्यान अफ द म्याच बने।

Comments

comments

सम्बन्धित शिर्षकहरु