टिप्पर आतंकको अन्त्य,राजधानीको सडकमा दिउँसो चलाउन नपाईने

काठमाडौं । राजधानीको सडकमा दिउँसो टिप्पर चलाउन नपाईने भएको छ । राजधानीमा टिप्पर आतंक बढेपछि उपत्यकाका तीनै जिल्लाका सिडिओ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मन्त्रालयले बुधबार टिप्पर चलाउन रोक लगाउन निर्देशन दिएको हो।

दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकाका तीन जिल्लामा टिप्पर चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ। टिप्परको ठक्करबाट हरेक हप्ताजसो राजधानीमा मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिको मृत्यु भइरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु