रोनाल्डोले यूभेन्ट्समा कमाउनेछन् दिनको १ करोड ६ लाख

एजेन्सी । क्रिस्टियानो रोनाल्डोे मंगलबार राति स्पेनिस क्लब रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य गर्दै इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखेका थिए भने पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

११ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ यूभेन्ट्सले रोनाल्डोका लागि रियल मड्रिडलाई तिरेको हो। योसँगै उनी विश्वका चौथो महँगो खेलाडी बने। उनीअघि नेमार, केलियन एम्बाप्पे र फिलिप्पे कौटिन्हो विश्वकै महँगो खेलाडीका रुपमा छन्।

सम्झौता अनुसार रोनाल्डोले चार वर्षमा १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ तलब बुझ्नेछन्। उनको तलबलाई वर्ष, महिना, हप्ता, दिन, घन्टा, मिनेट र सेकेन्डमा भाग गर्दा यस्तो हुन आउँछ।

प्रत्येक वर्षः ३ अर्ब ८६ करोड ७६ लाख

प्रत्येक महिनाः ३२ करोड २३ लाख ४८ हजार

प्रत्येक हप्ताः ७ करोड ४३ लाख ८८ हजार

प्रत्येक दिनः १ करोड ६ लाख २७ हजार

प्रति घन्टाः ४ लाख ४२ हजार

Comments

comments

सम्बन्धित शिर्षकहरु