नेकपाको सचिवालय बैठक सम्पन्न्, यस्ता छन् निर्णयहरु

काठमाडौं । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । एकीकृत पार्टीको नियमावली पारित गर्दै बैठक सकिएको हो ।

एकीकृत पार्टीको नियमावली नहुँदा पार्टी सञ्चालनमा असहजता पैदा भएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको जानकारी दिए ।

‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो,’ बैठकपछि श्रेष्ठले भने, ‘अब छिट्टै प्रकाशनमा जाने छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार अर्को बैठकले विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाउनेछ । दुई दल एकतापछि दुवै दलका भातृ संगठन लगायतका सबै कमिटीहरुको मर्ज गर्ने प्रक्रिया अगाडि बढिरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु