पाकिस्तानमा गराइएको आत्मघाती बम विष्फोटमा परी एएनपी नेतासहित १२ को मृत्यु

पेशावर । पाकिस्तानको पेशावरमा आत्मघाती विस्फोट गराइँदा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जनाको ज्यान गएको छ। याकातूत क्षेत्रमा भइरहेको एउटा चुनावी बैठकलाई लक्ष्य गरी मंगलबार राति गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्।

एएनपी नेता आफ्ना कार्यकर्ताहरूसँग छलफल गरिरहेका बेला उक्त विस्फोट गराइएको हो। बिल्लौर मञ्चमा उक्लिरहेका बेला एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बसिर अहमद बिलौरको पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकमा आत्मघाती विस्फोट गराई हत्या भएको थियो। पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु