बेल्जियमलाई हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो ।

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो ।

डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल बुधबार हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु