तोलामा एक सयले बढेर भयो अाज सुनको कारोवार

काठमाडौं। आज सुनको भाउ तोलामा एक सय रुपैंयाले बढेको छ । विगत ५ दिन एउटै मूल्यमा किनबेच भएको सुनको मूल्य आज बढेको हो । आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु