रोनाल्डो-मेस्सीसहित अरू महान् खेलाडी जसले विश्वकपको ट्रफी उचाल्न पाएनन्

एजेन्सी । रसियामा जारी फिफा विश्वकपलाई अप्रत्याशित परिणामवाला विश्वकप भनिए सायद गलत हुनेछैन । यस विश्वकपमा चार पटकको विश्व विजेता टोली जर्मनी लिग चरणबाट बाहिरियो । त्यस्तै नकआउट चरण सुरु हुनेबितिक्कै अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता टोली घर फर्किए । यसका साथै यी टीमसँग जोडिएका केही स्टार खेलाडीहरुको विश्वकपको उपाधि उचाल्ने सपना चक्नाचुर भयो । क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी जस्ता नामी फुटबलरले अहिलेसम्म विश्वकपको ट्रफी आफ्नो हातले छाम्न पाएका छैनन् ।

यी दुई खेलाडीले कुल चार विश्वकप खेले तर दुवैले अन्तिम-१६ मा गोल गर्न सकेनन् । यदि अब चार वर्षपछि सन् २०२२ मा कतारमा हुने विश्वकपमा यी दुई खेलाडीले नखेल्न पनि सक्छन् । हाल मेस्सी ३१ वर्षका भए भने रोनाल्डो ३३ वर्षका भए ।

यद्यपी हाल फुटबलको खेल तिव्र गतिमा बदलिरहेको छ । त्यसबेलासम्म यी दुई खेलाडी मैदानमा देखिने नदेखिनेमा शंका छ । यदि मैदानमा देखिए पनि अहिलेको जस्तो फर्ममा नहुन सक्छन् । यी दुवै खेलाडीले विश्वकपमा सर्वश्रेष्ठ फुटबलरको उपाधि जितिसकेका छन् । तर, आफ्नो देशका लागि विश्वकप दिलाउन पाएनन् ।

महान् खेलाडी भएर पनि विश्वकपको उपाधि जित्न नसकेका रोनाल्डो र मेस्सी मात्र होइनन् । यसअघि पनि केही यस्ता उत्कृष्ट खेलाडीहरु थिए जसले पूरा जिन्दगी फुटबलका लागि समर्पण गरे तर विश्वकपको उपाधि चुम्न सकेनन् ।

जोहान क्रूफ (होल्याण्ड)
क्रूफ होल्याण्ड टीमका शानदार कप्तान थिए । होल्याण्डका जोहान क्रूफलाई यूरोप इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । सन् १९७४ मा पश्चिम जर्मनीमा खेलाइएको विश्वकपमा उनले टीमको नेतृत्व सम्हालेका थिए । उनले ‘टोटल फुटबल’ रणनीति अपनाएर होल्याण्डलाई फाइनलसम्म पुर्‍याएका थिए । तर, उक्त ऐतिहासिक खेलमा उनको टीम जर्मनीसँग १-२ ले पराजित भयो । उनले तीन पटक गोल्डेन बुटको उपाधि जिते पनि विश्वकप जित्न सकेनन् ।

फेरेंस पुस्कास (हंगेरी-स्पेन)
पुस्कासले हंगेरी र स्पेनका लागि फुटबल खेले । पुस्कासलाई एक सर्वकालिन उत्कृष्ट फरवार्डको रुपमा लिइन्छ । सन् १९५२ मा सम्पन्न ओलम्पिक खेलमा उनले आफ्नो टीमका लागि स्वर्ण पदक दिलाए र त्यसको दुई वर्षपछि सन् १९५४ मा स्विजरल्याण्डमा खेलाइएको विश्वकपमा उनले टीमलाई फाइनलसम्म पुर्‍याए । त्यसबेला उनको टीम जीतको प्रबल दाबेदार थियो तर टीमले पश्चिम जर्मनीको हातबाट पराजय भोग्नुपर्यो ।

सन् १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र त्यसैवर्ष चिलीमा आयोजना भएको विश्वकपमा उनले पनि भाग लिए । तर, त्यहाँ पनि उनले विश्वकपको उपाधि चुम्न पाएनन् ।

अल्फ्रेडो डि स्टेफनो (अर्जेन्टिना-स्पेन)
अल्फ्रेडो डि स्टेफनोले दुई देशका लागि फुटबल खेले तर कहिल्यै पनि विश्वकपमा भाग लिन पाएनन् । फिफाले डि स्टेफनोलाई २० औं शताब्दीको पाँच उत्कृष्ट खेलाडीको सूचीमा सूचीकृत गरेको थियो । यस सूचीमा पेले, म्याराडोना, क्रूफ र ब्याकैनबोर सामेल थिए ।

यति उत्कृष्ट फुटबलर हुनुका बाबजूद डि स्टेफनोले कहिल्यै विश्वकप खेल्न पाएनन् । पहिले उनी अर्जेन्टिनाका लागि खेल्थे तर त्यसक्रममा सन् १९५० र १९५४ को विश्वकपमा अर्जेन्टिनाले भाग लिन पाएन ।

त्यसपछि डि स्टेफनोले अर्जेन्टिना छाडे र स्पेनको नागरिकता लिए । तर, भाग्यले उनलाई साथ दिएन । र, सन् १९५८ को विश्वकपका लागि स्पेन क्वालिफाई हुन सकेन । त्यसको चार वर्षपछि चिलीमा भएको विश्वकपमा उनी चोटका कारण खेल्न पाएनन् ।

यूसेबियो (पोर्चुगल)
यूसेबियो पोर्चुगाली फुटबलमा चम्किएका फुटबल स्टार हुन् । उनको जन्म मोजाम्बिकमा भयो । त्यसबेला त्यहाँ पोर्चुगलको शासन थियो । यूसेबियालाई पोर्चुगाली फुटबलमा पहिलो महान् खेलाडी मानिन्छ ।

सन् १९६५ मा उनी यूरोपको सर्वश्रेष्ठ खेलाडीको रुपमा चुनिए । त्यसको एक वर्षपछि इंग्ल्याण्डमा भएको विश्वकपमा यूसेवियोको उत्कृष्ट खेल प्रदर्शनको मदतले पोर्चुगलको टीम सेमिफाइनलमा पुग्यो । तर, उनको टीम इंग्ल्याण्डसँग १-२ ले पराजित भयो ।

जोर्ज बेस्ट (उत्तरी आयरल्याण्ड)
जोर्ज बेस्टले कहिल्यै विश्वकप खेलेनन् । उत्तरी आयरल्याण्डका यी महान् फुटबलरले एकपटक पनि विश्वकपमा भाग लिन पाएनन् । यद्यपी उनले उनले डेनिस लोवी बोबी चार्ल्टनसँग मिलेर सन् १९६८को यूरोपियन कपमा आफ्नो टीम म्यानचेस्टर यूनाइटेडलाई च्याम्पियन बनाए ।

सोही वर्ष उनी यूरोपको सर्वश्रेष्ठ खेलाडीमा चुनिए ।

म्याक्रो व्यान ब्यास्टन (होल्याण्ड)
व्यान ब्यास्टनले अवकाशपछि राष्ट्रिय टीमका लागि फिफा म्यानेजरको भूमिका निभाए । उनले मात्र एउटा विश्वकपमा भाग लिए । यस विश्वकप सन् १९९० मा इटलीमा खेलाइएको थियो । यसअघि व्यान ब्यास्टनले आफ्नो टीमलाई यूरोपियन च्याम्पियनशिपको उपाधि जिताएका थिए ।

सन् १९९२ मा उनी विश्वका सर्वश्रेष्ठ खेलाडीमा चुनिए र तीन प६क गोल्डेन बल जिते । तर, सन् १९९३ मा २८ वर्षको उमेरमै चोटका कारण आफ्नो करियर समाप्त पारे ।

माथि उल्लेख गरिएका खेलाडीका अलवा अन्य उत्कृष्ट खेलाडीले पनि विश्वकपको उपाधि देख्न पाएनन् । जसमा पाउलो मेल्डिनी (इटली), लुइस फिगो (पोर्चुगल), जिको (ब्राजिल), रोबर्टो ब्यागियो (इटली) र माइकल प्लेटिनी (फ्रान्स)

Comments

comments

सम्बन्धित शिर्षकहरु