जर्सापको जुवामा कसले हान्ने छापा ? यी टोले गुन्डाले खान्छन् कमिशन

काठमाडौं । प्रहरीले चासो नदेखाउँदा टोल–टोलमा जुवा अखडा फस्टाउन थालेका छन् । राजधानीलगायत देश भर रहेका क्यासिनो तथा मिनी क्यासिनामा नेपाली प्रवेशलाई कडाई गरेपछि क्यासिनो शैलीमा जुवा खेलाउनेको समूह राजधानीमा सक्रिय हुँदै आएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

यस्तो समूहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनका उच्च अधिकारीको समेत संलग्नता हुन गरेको समाचार बााहिरिँदै आएको छ । क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा प्रहरी आक्रमक रूपमा प्रस्तुत हुन थालेपछि क्यासिनोकै शैलीमा घरमा मिनी क्यासिनो नामक जुवा अखडाहरू सञ्चालन गर्ने यस्ता समूह सक्रिय भएका हुन् ।

क्यासिनो कै सुविधा सहित यस्ता मिनी क्यासिनो अहिले उपत्यककामा पाँच दर्जनका हाराहारामी रहेको स्रोत बताउँछ । ति मध्ये एक चल्तीको अखडा ललितपुरको सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तको पछाडी रहेको छ । जहाँ नेपाली सेनाका बहालवाल जर्नेल होमप्रसाद लावती समेत जुवा खेल्न पुग्ने गरेको अन्य जुवाडेले बताएका छन् ।

आशा लिम्बुको नाममा रहेको उक्त घरमा दैनिक जसो करोडौं रूपैंयाको जुवा खेल हुँदै आएको छ । यसबारेमा ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐर र सातदोबाटोका प्रहरी जानकार भए पनि मोटो रकम हाता लागेपछि ति प्रहरी आँखा चिम्लिदैएका छन् ।

जर्नेल लावतीको संरक्षणमा टाखेलका लवकुमार बस्नेत, कोटेश्वरका सुशील न्यौपाने र प्रकाश पन्तले जुवा खेलाउँदै आएका छन् । यो समूहले कहिले कोटेश्वर, कहिले सातदोबाटो त कहिले जर्नेल कै निजी निवासमा समेत जुवा खेलाउने गरेको छ । बस्नेतलाई नेपाली सेनाका जर्नेल होमकुमार लावतीले संरक्षण गर्दै आएका छन् । बस्नेत पनि सेनाका पूर्व हबल्दार हुन् ।

उता टोले गुण्डा घवाश्याम महर्जनले पनि उक्त जुवा अखडाबाट हप्ता खादै आएका छन् । जुवा अखडा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सञ्चालन हुँदै आएको जानकारहरू बताउँछन् । दैनिक ५० देखि ६० लाखसम्म हारजित हुने उक्त जुवा अखडाबाट बस्नेतले १० लाख जति कमिशन उठाउँछन् ।

उक्त रकम टोले गुण्डादेखि ललितपुर परिसरका प्रमुख एसएसपी ऐरले भाग शान्ति गर्दै आएका छन् । बालुवा व्यापारी अष्ट लामा, मुर्ती व्यापारी नन्द मर्हजन, शेयर कारोबारी मीनबहादुर राउत, हार्डवेयर व्यापारी सचिन मर्हजन र सेनाका जर्नेल लावती उक्त जुवा अखडाका भिआइपी जुवाडे हुन् ।

अखडा सञ्चालक बस्नेतले प्रिपेड जुवा अखडाको शैलीमा कहिलेकाँही धापाखेलको धापा हाईटस्थित जर्नेल लावती कै घरमा समेत जुवा खेलाउँदै आएको स्रोतको दाबी छ । क्यास नहुने जुवाडेलाई बस्नेत र जर्नेल लावती आफैंले जग्गा बैनाको कागज र चेक लिएर जुवा खेल्ने पैसा उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु