कांग्रेस फुटको संघारमा,पार्टी एकता भंग गर्ने गच्छदारको चेतावनी

काठमाडौं । पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीका पुराना नेताहरुसँगको सामूहिक भेटमा आफूलगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै उक्त चेतावानी दिएका हुन् ।

गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरे । नेता गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप लगाए । गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गएको असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन प्रयास गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउन समेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरे।

नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आए पनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगरेकोमा आफूलाई दुःख लागेको प्रतिक्रिया दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु