डा. गोविन्द केसी र गंगामायाको सहाराबिना कांग्रेस जोगिनै नसक्ने अवस्थामा पुगेको हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न कांग्रेसलगायत सवैलाई सुझाव दिनुभएको छ । समृद्धिको लक्ष्य रोक्न इमोशनल ब्ल्याकमेलिङ भइरहेको ठोकुवा गर्दै नेता भट्टराईले त्यस्तो आत्मघाती काम नगर्न सुझाउनु भएको हो ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै भट्टराईले डा केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न कांग्रेससहित सवैलाई आग्रह गर्नुभयो ।

‘कांग्रेस जोगाउन अब डा गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो ? तपाइहरु यति कमजोर बनिसक्नु भयो ?, डा. गोविन्द केसीको सहाराबिना कांग्रेस जोगिनै नसक्ने अवस्थामा पुगेको हो ?’ भट्टराईले भन्नुभयो, ‘कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो ?’

डा केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्ने दाबी गलत र आपत्तिजनक रहेको पनि उहाँले बताउनु भयो । ‘डा केसी आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो । यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं,’ भट्टराईको भनाइ थियो ।

उहाँले काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने जनाउँदै मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्तावसमेत गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु