चीनबाट आएको ठूलो प्रस्ताव रोनाल्डोद्वारा अस्वीकार

एजेन्सीं । क्रिस्टियानो रोनाल्डोले चीनबाट आएको ठूलो प्रस्ताव अस्वीकार गरेका छन्। रियल मड्रिडबाट यूभेन्ट्स जाने तयारी गरेका कारण उनले चीनबाट आएको प्रस्ताव अस्वीकार गरेका हुन्।

टुट्टोस्पोर्टसले नाम उल्लेख नगर्दै चीनको एक सुदुरपूर्वी क्लबले दुई वर्षका लागि रोनाल्डोलाई १ सय ७७ मिलियन पाउन्डको प्रस्ताव गरेको जनाएको छ। तर, इटाली जाने लगभग तयारी भईसकेकाले रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।

यूभेन्ट्सले भने रोनाल्डोका लागि ८८ मिलियन पाउन्डको प्रस्ताव राखेको यसअघि नै सार्वजनिक भइसकेको छ। आफूले चाहेअनुसार नयाँ सम्झौता नगर्ने भएपछि रोनाल्डोले ९ वर्षपछि रियल छाड्ने तयारी गरेका हुन्।

सिरी ए क्लब यूभेन्ट्सले रोनाल्डोलाई क्लबमा भित्र्याउन पाउल डिबाला र गोन्जालो हिगुईनलाई बेच्ने तयारी समेत गरेको छ।

तर, रियलले भने अध्यक्ष फोरिन्टो पेरिजसँग रोनाल्डोका एजेन्ड जोर्गी मिन्डेजको कुराकानी जारी रहेकाले रोनाल्डोले क्लब छाड्ने धारणा सार्वजनिक गरिसकेको छैन्।

यता यूभेन्ट्स अवस्थित तुरिनमा भने रोनाल्डोको आगमनको सेलिब्रेसन सुरु भईसकेको छ। क्लबका निकटस्थहरुले रोनाल्डोको स्वास्थ्य परिक्षण पनि भईसकेको तथा रोनाल्डोको नाममा जर्सीपनि छापीसकेको उल्लेख गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु