‘मेस्सी र इरिकसनलाई रोक्यौ, अब पालो ह्यारी केनको’

काठमाडौँ ।  रसियामा जारी विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले क्रोयसियाको सामना गर्दैछ ।यसैलाई मध्यनजर गर्दै क्रोयसियाका प्रशिक्षक डालिकले आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले मेस्सी तथा इरिकसन जस्ता खेलाडीहरुलाई रोक्न सफल क्रोयसियाले ह्यारी केनलाई समेत रोक्न सक्ने बताएका छन् । आयोजक देश रसियालाई पराजित गर्दै क्रोयसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

इंग्ल्याण्डले स्वीडेनलाई पराजित गरेको थियो । इंग्ल्याण्डका ह्यारी केन उच्च फर्ममा रहेका छन् । उनले यस विश्वकपमा ६ गोल गरेका छन् ।

दोस्रो सर्वाधिक गोलकर्तामा बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । डालिकले भनेका छन्, ‘मेस्सी र इरिकसन जस्ता खेलाडीलाई रोक्न सक्ने क्षमता इंग्ल्याण्डविरुद्ध पनि देखाउने छौ ।’

अर्जेन्टिनाका लियोनल मेस्सी र डेनमार्कका इरिकसन जस्ता खेलाडीहरुलाई रोक्न सफल क्रोयसिया इतिहास रच्दै विश्वकपको फाइनल खेलमा पुग्ने दाउमा रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु