१५ दिनदेखि गुफामा फसेका चार बालकको उद्धार

एजेन्सी । उत्तरी थाइल्याण्को गुफामा फसेका १२ बालक मध्य आइतबार साँझसम्म चार जनाको शकुशल उद्धार गरिएको छ । गुफाबाट बाहिर निकालिएका बालकलाई अस्पताल पुर्याइएको छ । गुफामा फसेका अन्यको पनि आज उद्धार कार्य जारी रहने जनाइएको छ ।
आइतबार स्थानीय समयअनुसार बिहान १० बजेबाट बालकको उद्धार अभियान सुरु गरिएकोमा साँझ ५ः४० मा चार बालकलाई गुफाबाट बाहिर निकालिएको थियो ।

उद्धार गरिएका बालकलाई नजिकै रहेको चियांग अस्पतालमा भर्ना गरिएको छ । १३ विदेशी उद्धारकर्ता तथा थाइल्याण्डका पाँच नेवी सीलले ती बालकको गुफाबाट निकालेका थिए । उचार गरिएका बालकको स्वाथ्य अवस्था सामान्य रहेको छ । आइतबार राती ९ बजे उद्धार कार्य रोकिएको बीबीसीले जनाएको छ । गुफाभित्र अझै आठ बालक र एक कोच रहेका छन् ।

विगत १६ दिनदेखि उत्तरी थाइल्याण्डको एक गुफामा फसेका १३ फुटबल खेलाडी बालक तथा उनका कोचलाई गुफामा बाढीका कारण जलस्तर बढदै गएपछि उद्धारमा तिव्रता दिइएको हो । सुरुमा उद्धारकर्मीले उनीहरुको उद्धारमा तीन महिनासम्म लाग्ने अनुमान गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु