‘अमेरिकाले दादागिरी देखाउन थाल्यो’

एज‍ेन्सी । उत्तर कोरियाले अमेरिकाले एकपक्षीय र जवरजस्ती रुपमा परमाणुअस्त्र निस्शस्त्रीकरणको माग अघि सारेर दादागिरी देखाएको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको दुई दिने उत्तर कोरिया भ्रमणपछि उत्तर कोरियाले अमेरिकाले एकतर्फी र जबरजस्ती रुपमा परमाणु निस्शस्त्रीकरणको माग अघि सारेको आरोप लगाएको हो ।

सरकारका एक प्रवक्तालाई उदृत गर्दै उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले अमेरिकाको रवैया खेदजनक भएको टिप्पणी गरेको हो । यसअघि अमेरिकी विदेशमन्त्री पोम्पिओले आफ्नो दुई दिने उत्तर कोरिया भ्रमण एकदमै फलदायी भएको दाबी गरेका थिए ।

गत महिना राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता भएपछि पोम्पिओले उत्तर कोरिया भ्रमण गरेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु