आजबाट देशैभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । केहीदिन परेर रोकिएको पानी फेरि आजबाट पर्ने भएको छ । केही ठाउँमा आजबाट फेरि भारी वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।  शाखाले आइतबार साँझबाट तीन दिनसम्म देशैभर मौसममा बदली हुने तथा वर्षा हुने जनाएको छ ।

महाशाखाले तीन मध्य तथा पुर्वी क्षेत्रमा अबको तीनदिन सम्म र अन्य भागमा पनि भारी वर्षा हुने सम्भावना पूर्वानुमान गरेको हो । आज साँझ देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद सुवास रिमालले  बताए ।

पश्चिम क्षेत्रमा आज ठूलो पानी पर्नेछ । देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेपनि सोमबार र मंगलबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । पूर्वी तथा मध्य क्षेत्रको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उनले वर्षाले प्रभावित हुने क्षेत्रमा सचेत रहन पनि आग्रह गरेका  छन।

Comments

comments

सम्बन्धित शिर्षकहरु