बिजुलीको भाउ बढाउने भारतको प्रस्ताव अस्वीकार

काठमाडाैं । नेपालले विद्युत खरिद गर्ने भारतको बिहार राज्यले विद्युतको मूल्य बढाउन गरेको प्रस्ताव अस्वीकार गरेको जनाएको छ। शुक्रवार भारतमा सम्पन्न दुईपक्षीय बैठकमा बिहारबाट खरिद हुँदै आएको विद्युतमा १५ देखि २० प्रतिशत मूल्यवृद्धिको प्रस्ताव भारतीय पक्षले गरेको थियो। मूल्यमा सहमति जुट्न नसकेका कारण तत्काल विद्युत कटौती नगरीकनै अर्को बैठकमा समाधान खोज्ने सहमति भएको बताइएको छ।
नेपालले भारतबाट खरिद गर्दै आएको करिब ४ सय ५० मेगावाट सम्मको विद्युत मध्ये ३ सय मेगावाट सम्म बिहारबाट खरिद गर्दै आएको छ। १३२ केभिए क्षमताको प्रशारण लाइन मार्फत खरिद गर्ने विद्युतको मूल्य ५ रुपैया ५५ पैसा भारु र ३३ केभिए क्षमताको प्रशारण लाइनबाट खरिद भएको विद्युतको मूल्य ६ रुपैंया भारु रहेको छ। जुन मूल्य पहिले नै बढी भएको भन्दै नेपालपक्षले त्यसलाई घटाउन माग गरिरहेका बेला भारतीयपक्षले मूल्य वृद्धिको प्रस्ताव गरेको र आफूहरु त्यसमा सहमत नभएको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु