बेल्जियम र फ्रान्स सेमिफाइनलमा,विश्वकप ट्रफी युरोपमै रहने निश्चित

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलवाट पाँच पटकको विश्व विजेता ब्राजिल र उपाधिको प्रमुख दावेदार मानिएको उरुग्वे बाहिरिएको छ । ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो भने दक्षिण अमेरिकी टोली उरुग्वे फ्रान्ससँग २० ले पराजित भएको हो ।
रसियाको कजान एरिनामा भएको खेलमा बलियो प्रतिद्धन्दी ब्राजिललाई बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको हो । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो । बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।

विश्वकप ट्रफी युरोपमै
यसपटकको विश्वकपमा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, उरुग्वे, ब्राजिल, कोलम्बिया र पेरुले रुसको भ्रमण गरेका थिए । पेरु समूह चरणमा पराजित हुँदै बाहिरिएको थियो भने बाँकी चार टोलीले नकआउट चरणको यात्रा तय गरेका थिए ।

अन्तिम १६ मा अर्जेन्टिना र कोलम्बियाको यात्रा सकियो । अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिँदा इंग्ल्याण्डसँग ४–३ गोलले हारेपछि कोलम्बिया पनि क्वार्टरफाइनलमा आउन सकेन ।

क्वार्टरफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिल र दुई पटकको विजेता उरुग्वे पुगेका थिए । तर, दुवैले हार ब्यहोरे । उरुग्वे फ्रान्ससँग निरीह बन्दा ब्राजिल बेल्जियमबिरुद्ध अभागी सावित बन्यो ।

विश्वकपको यसअघिका २० संस्करणमध्ये ११ संस्करण युरोपेली र ९ संस्करण दक्षिण अमेरिकी टोलीले जितेका छन् । यस संस्करणमा युरोपेली टोलीमा एउटा उपाधि थपिने भएको छ ।

विश्वकपमा अब फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड, स्विडेन, क्रोएसिया र आयोजक रुस बाँकी छन् । शनिबार हुने तेस्रो र चौथो क्वार्टरफाइनल खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । बाँकी रहेका ६ टिममध्ये फ्रान्स र इंग्ल्याण्डले मात्रै यसअघि विश्वकपको उपाधि जितेका छन् ।

 

फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो । किपरले बललाई रोक्ने प्रयास गरेका थिए । तर हातबाट बल चिप्लिएर पोष्टभित्र छिरेको थियो । दोस्रो हाफमा पनि उरुग्वेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु