आपराधिक घटनाको उग्ररुप :‘चौथो व्याक्तिले बलात्कार गर्नेबेला मायाले प्राण त्यागिन्’

धनगढी । असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षिया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा लास फेला पर्यो । सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले विकको घटनामा संलग्न पाँच जना व्याक्तिलाई अनुसन्धानकोलागि पक्ताउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।

कार्यक्षेत्रमा महिलाहरु असुरक्षित बनिरहेको चर्चा चलिरहेका बेला साथीहरुको सहयोगमा आफ्नै कार्यालयका ‘स्टाफ’ बाट एक महिलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले ती महिलामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पक्रेको हो ।

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए । गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षकी माया विक असार १५ गते मृत भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबरजस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जङ्गलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबरजस्ती तानेर जङ्गलभित्र लगेका थिए । त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लाश त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएको प्रहरीले जानकारी दिएको छ ।

विकलाई बलात्कार गर्नेबेला मुखभरि कागज कोचिएको कारण उनलाई साँस फेर्ना गाह्रो भएको बयान खुलेको घिमिरेले बताए । बलात्कार गर्ने चौथो व्याक्तिले सेक्स गर्नेबेला मायाले प्राण त्यागेको बलात्कारीहले स्वीकारेको धिमिरेले बताए । गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् । उनीसंगै काम गर्ने बडुवालले ८ गते नै मायालाई सेक्सेकोलागि प्रस्ताव राखेको थियो तर माया अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको बयानमा खेलेको एसपि धिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसै गरि असार ८ गतेका दिन प्रेमिका संग मिलेर आफ्नै श्रीमानको हत्या गरि भासु भिरमा फालेको गोदाबरी नगरपालिका ११ का लक्ष्मी बडैला र उनका प्रेमी दिपक खत्रीलाई पनि सार्वजनिक गरियो । लम्की चुहा नगरपालिका ९ का इन्द बहादुर चौधरी मदिरा सेवन गरि असार २० गते आफ्नै श्रीमति गर्भीदेवि चौधरीलाई सामान्य विवादमा फलामको कुतोले कुटपित गरेर ज्यान मारे घटना पनि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

एक महिना लगतार तीन वटा हत्या भएको घटनाले प्रहरीलाई गष्ती गर्नमा थप जिम्मेवार बनाएको धिमिरेले बताए । यी सबैलाई कतव्य ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने बताए । साथै मायालाई बलात्कार गर्ने पाँच जनालाई बलात्कारको उद्योगसंगै ५ देखि ७ वर्ष जेल सजाई र सामुहिक बलात्कार गरेमा थप ५ वर्ष सजाय हुने धिमिरेले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु