‘सञ्जू’को सफता पार्टीमा गएनन् सञ्जय दत्त

एजेन्सी । भारतीय फिल्म सञ्जूको सफताको पार्टीमा सञ्जय दत्तको परिवार बहिष्कार गरेका छन् । सोमबार राखिएको पार्टीमा सञ्जय दत्त परिवारका साथ सिंगापुर गएका थिए । पार्टी राखिएकै दिन सञ्जय दत्त परिवार लिएर किन सिंगापुर जानुलाई आश्चर्य रुपमा हेरिएको छ । यस बीचमा सोनम, अनुष्का, विक्की कौशाल बारहेर पूरै स्टारकास्ट उपस्थित थिए ।

तर जस व्यक्तिको बारेमा फिल्म बनेको छ त्यही व्यक्तिलाई भने पार्टीमा देखिएन । हामी कुरा गरिरहेका छौं सञ्जय दत्तको । जसको बारेमा राजकुमार हिरानीले फिल्म बनाएका छन् र भारतीय फिल्म उद्योगमा तहल्का मच्चाइरहेको छ । फिल्म सञ्जूले ४ दिनमा १ सय ४५ करोडको कमाई गर्दै रेकर्ड बनाएको छ । फिल्मलाई जवरजस्त रेस्पोन्स मिलिरहेको छ । सञ्जूले यसअघिका हिट फिल्मको रेकर्ड तोड्न सफल भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु