भिक्टोरिया र क्विन्सल्याण्ड राज्यमा स्किल्ड नोमिनेशन भिसा एप्लिकेसन खुल्ला

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया र क्विन्सल्याण्ड राज्यले स्किल्ड नोमिनेशन एप्लिकेशन खुल्ला गरेका छन् । यी दुई राज्यले बन्द गरिएको एप्लिकेसन प्रोसेसलाई पुन: खुल्ला गरेका हुन् ।

भिक्टोरिया राज्यले दक्ष पेशाको सूचीमा कुनै पनि हेरफेर गरेको छैन । तर, इञ्जिनियरिङ्ग, बिल्डिंग र नर्सिङ्ग पेशामा भने नयाँ प्रक्रिया लागु हुने बताएको छ । यो नयाँ प्रक्रियामा एप्लिकेसन दिनु भन्दा पहिले राज्यले छनोट गर्नेछ । तर अरु पेशालाई भने पूरानै प्रक्रिया रहेको छ।

क्विन्सल्याण्डले भने दक्ष पेशाको सूचीमा केही हेरफेर गरेको छ । त्यस्तै, दुवै राज्यले पोइन्ट को थ्रेसहोल्ड बढाएका छन् । केही दिन अगाडी सरकारले पोइन्ट नियममा ल्याएको परिवर्तन अनुसार उनीहरुले न्युनतम पोइन्ट ६५ बनाएका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु