‘धुम–४’,मा सलमान र केट्रिनाको रोमान्स

बलिउड । निर्माता आदित्य चोपडाको ‘धुम’ सिरिजको चौथो सिनेमा बन्ने भएको छ। यशराज ब्यानरमा निर्माण हुने सिनेमा ‘धुम–४’ निर्माण हुने चर्चा चलेसँगै यसमा हुने कलाकारहरुको चर्चा सुरु भइसकेकोे छ । ‘धुम–४’ का लागि निर्माण पक्षले सलमान खान र रणवीर सिंह फाइनल हुने संकेत गरेको छ।

यदि सलमान धुम ४ मा हुने पक्का भएको खण्डमा उनीसँग नायिका केट्रिन कैफले फेरि एक पटक रोमान्स गर्नेछिन। पूर्वप्रेमिका समेत रहेकी केट्रिनाले धुम ३ मा पर्फेक्टम्यान अमिर खानसंग रोमान्स गरिसकेकी छन्।

जानकारीमा आए अनुसार आदित्यले सिनेमाको सम्पूर्ण कलाकारहरुको फाइनल गरिसकेका छन् । जसको आधिकारिक घोषणा केही दिनमा गर्नेछन् । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु