‘संजू’ले दुई दिनमा कति कमायो ?

एजेन्सी । बक्स अफिसमा फिल्म ‘संजू’ले राम्रो व्यापार गरेको छ । यस फिल्मले बक्स अफिसमा धमाका नै मच्चाएको बलिउड पण्डितहरुले बताएका छन् । रणबीर कपूर संजू बनेर सबैको मन जितिरहेका छन् ।

बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ३४.७५ करोड कमाएको थियो । फिल्मले पहिलो दिन यस वर्ष रिलिज भएका सबै फिल्मको रेकर्ड तोडेको छ । यसैबीच फिल्मको दोस्रो दिनको कमाई बाहिरिएको छ । फिल्मले दोस्रो दिन ३८.६० करोड कमाएको हो ।

फिल्मले दुई दिनमा कुल ७३.३५ करोडको कारोबार गरिसकेको छ । यही गतिमा फिल्मको कारोबार हुने हो भने सय करोड नभई फिल्मले दुई सय करोडभन्दा माथिको आँकडामा व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु