विश्वकै ‘हटेस्ट’ महिला प्रियंका चोपडा

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै हट महिलाको रुपमा घोषित भएकी छिन् । बेलायतबाट प्रकाशन हुने ‘म्याक्सिम’ म्यागेजिनले तयार पारेको विश्वका एक सया हट महिलाहरुको सूचीमा अभिनेत्री प्रियंक पहिलो स्थानमा पर्न सफल भएकी हुन् ।

सन् २००० की विश्व सुन्दरी प्रियंका यसअघि ४ पटक हटेस्ट महिला घोषित भइसकेकी छिन् । उनी ‘हट ओमन २०१८’ घोषित भएकी हुन् । सेतो पहिरनमा सजिएकी प्रियंकाको तस्बिरलाई म्यागेजिनले आवरणमा छाप्दै ‘प्रियंका चोपडा दी हटेस्ट वुमन अन दी प्लानेट’ भनेर लेखेको छ ।

३५ वर्षीया अभिनेत्री पछिल्लो समय अमेरिकी प्रेमी निक जोन्ससँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनी अहिले प्रेमीको सांगीतिक कार्यक्रममा साथ दिन ब्राजिल पुगेकी छिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु