नर्दन विचेज नेप्लिज सेसाईटीको सातौँ वार्षिक साधारण सभा सम्पन्न:

 

सिड्नी अष्ट्रेलिया

उत्तरी सिड्नीमा बसोबास गर्ने नेपाली समुदायको संस्था नर्दन विचेज नेप्लिज सेसाईटीको सातौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ।

नर्दन विचेज पिसीवाईसी डिवाईमा हिजो ३० जुन २०१८ शनिबार सम्पन्न सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष हरि कोईरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए। सो सभाले हरि कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरको छ। सो समितीमा उपाध्यक्षमा रश्मी श्रेष्ठ,सचिवमा विनोद पुडासैनी,कोषाध्यक्षमा संगिता खड्का तथा सदस्यहरुमा अर्जुन पौडेल,ईन्दिरा सापकोटा,दिपक कार्कि,बन्दना बांनिया, केशव बहादुर खुलाल,सन्दिप कडेंल,भजन तिवारी,तपस्या खड्का,सुनीता चौधरी रहेका छन।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे रहेका थिए भने,विशेष अतिथीको रुपमा गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्ग साथै अतिथीको रुपमा गैर आवसीय नेपाली संघ अष्ट्रेलिया एनएसडब्लु एससिसी सदस्य दिपक कार्कि रहेका थिए। ईलेक्सन कमिसनको रुपमा रमेश पाण्डे,देव गुरुङ्ग,तथा दिपक कार्कि रहेका थिए। सो कार्यक्रममा अध्यक्ष कृष्ण सापकोटाले आफ्नो कार्यकालमा गरिएका कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए , साथै  नेपाली समुदायाको हितको निम्ती सनं २०११ मा स्थापना गरिएको सो संस्थाले विगतमा गरेका विभिन्न सांस्कृतीक कार्यक्रम तथा अन्य परोपकारी कार्यको स्मरण गर्दै नयां कार्यसमितीका पदाधिकारीहरुलई बधाई दिएका थिए।साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। 

प्रमुख अतिथीको रुपमा रहेका प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले नयाँ कार्यसमितीलाई बधाई तथा शुभकामना दिएका थिए भने सो संस्थाले विगतमा गर्दै आइरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए। विशेष अतिथीको रुपमा रहेका गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्ग साथै, गैर आवसीय नेपाली संघ अष्ट्रेलिया एनएसडब्लु एससिसी सदस्य दिपक कार्किले आ-आफ्न मन्तब्य राखेका थिए। सो कार्यक्रमको संचालन अर्जुन पौडेलले गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु