वरिष्ठ निबन्धकार युवराज नयाँघरेको औंला–औंलामा अस्ट्रेलिया विमोचित

काठमाडौं । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन भएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पुर्याएको बताएका थिए ।

जोशीले भने– ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’ समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा– ‘नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको छ’ भनेका छन । ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ ।’ उनले भने ।


बरिष्ठ साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै – ‘नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक हुन् ।’
धराबासीले भने– ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।’


कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताए । ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ ।’ उनले भने ।


सो कार्यक्रममा निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राखेबम थिए । उलेख्य मानिसहरुको बिच सो कार्यक्रम निकै भव्य थियो । नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु