‘सञ्जु’माथि सेन्सरको यस्तो कैची

बलिउड । बलिउडका अभिनेता सञ्जय दत्तको वायोपिक फिल्म सञ्जुको एक दृश्य सेन्सर बोर्डले हटाएको छ। आजबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र सञ्जयका जीवनका विभिन्न अध्यायहरुलाई समेटिएको छ। यसमा उनको जीवन संघर्षदेखि लिएर विवाद, परिवार र सम्बन्धका बारेमा देखाइएको छ।

केही समय पहिले आएको ट्रेलरमा सञ्जय जेल पर्दाको एक दृश्य देखाइएको थियो। जेलको शौचालयको खराब अवस्थालाई उल्लेख गर्दै देखाएको उक्त दृश्य हटाइएको हो।

ट्रेलरपछि फिल्मको अन्तिम सम्पादनमा उक्त दृश्य हटाइएको एक अन्तवार्तामा फिल्म स्रोतले जनाएको छ। उक्त दृश्य हटाउनुको कारण भने गोप्य राखिएको छ।

पछिल्लो हप्ता फिल्म सिबिएफसीलाई देखाइएको थियो। बोर्डले एक दृश्य हटाएर फिल्मलाइृ युनिभर्सलको सर्टिफिकेट दिएको थियो।

एक मात्र हटाइएको दृश्य सञ्जय १९९३ मा जेल पर्दाको थियो। उक्त दृश्यमा वर्षाका कारण ौचालयका पनि भरिएर बाहिर जान लागेको थियो। यस दृश्यका बारेमा कुरा थगर्दै निर्देशक राजकुमार हिराजनीले सामाजिक अभियान्त पृथ्वी माक्सेले यस दृश्यका विरुद्ध उजुरी हालेको बताए। उनले यस दृश्यले सबैतिर जेल प्रशासनको बदनाम हुने बताएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु