गजल

Image may contain: Ganesh Ghimire, closeup

~गणेश घिमिरे ,

भान्से बनेर महल सरे एकछिनका लागि
मैले अभाबको हत्या गरे एकछिनका लागि ।

रहर जो अलिकती सत्य नबनिदिओस
मानौ तिम्रो सिउदो भरे एकछिनका लागि ।

जब यो शहरमा प्राय मरेका मात्रै भेटिए
बाँच्न कै खातिर म मरे एकछिनका लागि ।

आशु छ आक्रोश छ खडेरी छ सम्भाबनाको
माग के माग्छ्यौ माग्न परे एकछिनका लागि ।

Comments

comments

सम्बन्धित शिर्षकहरु