भाग्यमानी जापान,हारेर पनि अनुशासित टोलीका आधारमा दोस्रो चरणमा प्रवेश

एजेन्सी । जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ को खेलमा पोल्यान्डसँग १–० गोलअन्तरले पराजित भएपनि जापान भाग्यमानी सावित हुदै नकआउट चरणमा पुगेको हो । जापानले आफ्नो अन्तिम खेलमा पोल्यान्डमाथि १–० गोलको पराजय भोगेको हो । तर, यसै समूहको अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० गोलले पराजित गरेसँगै जापान उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । जापानसँग समान अंक भएपनि फेयर प्लेका अाधारमा पछि परेको सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग र सेनेगेल कोलम्बियासँग समान १-० अन्तरले पराजित भएपछि जापान र सेनेगलको समान ४ अंक र समान गोलअन्तर(०) थियो। त्यसपछि फिफा नियमका अनुसासित खेल प्रदर्शन गरेको जापान समूह उपविजेता बन्यो। जापानले ४ पहेलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पहेलो कार्ड पाएको थियो। ६ अंकका साथ कोलम्बिया भने सोझै दोस्रो चरणमा प्रवेश गर्यो।

जापानविरुद्ध ५९ औं मिनेटमा जान बेदनारेकले पोल्याण्डका लागि निर्णायक गोल गरेका थिए। राफाल खुर्जावाको फ्रिकिक पासमा उनले गोलपोस्ट नजिकैबाट बललाई पोस्टको दिशा दिएका थिए। त्यसलार्इ रोक्न गोलकिपरले कुनै मौका पाएनन्। यता, कोलम्बियालार्इ जिताउन साडियो मानेले ७४ अौं मिनेटमा निर्णायक गोल गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु