निर्माणाधीन भवनमाथि विमान खस्दा ५ जनाको मृत्यु

एजेन्सी । भारतकाे व्यापारिक सहर मुम्बाईमा एउटा चार्टर विमान हुँदा ५ जनाको मृत्यु भएको छ। घटना बिहीबार दिउँसाे १ः३० बजे मुम्बाइकाे सर्भोडा अस्पताल नजिक भएकाे भारतीय प्रहरीले जनाएकाे छ। दुर्घटनामा क्याप्टेन प्रदिप राजपुथ, को–क्याप्टेन मारिया, इन्जीनियर सुर्भि, टेकनिसीयन र एकजना यात्रुको मृत्यु भएको छ। दुर्घटना भए लगत्तै घटनास्थलमा दमकल पुगेकाे थियाे।

पुलिस, दमकल र विपत व्यवस्थापन टोली घटनास्थल परिचालन गरिएकाे प्रहरी अधिकारीहरूले जनाएका छन्। दुर्घटना भएकाे विमानमा सात सिट थिए। सानो विमानले एक पटक परीक्षण उडान गरिसकेकाे थियाे।

Comments

comments

सम्बन्धित शिर्षकहरु