यसरी गरे डिएगो म्याराडोनाले गोल सेलिब्रेसन

काठमाडौँ । यस विश्वकपमा सबैभन्दा चर्चामा रहेका छन् फुटबल लिजेण्ड डियगो म्याराडोना । गएराति भएको खेलमा पनि मिडियाको क्यामरा बारम्बार उनीप्रति नै लक्षित थियो । उनले केही भद्दा खाले सेलिब्रेसन समेत गरेका थिए । पहिलो हाफमा लियोनल मेस्सीले गोल गरेपछि उनी केही समय निकै उत्साहित थिए । तर, बाँकी समय निदाउन प्रयासरत थिए ।

मिडिया रिपोर्टका अनुसार उनको खेल सकिए लगत्तै उपचार गरिएको थियो । अन्तिम समयमा भएको गोलप्रति उनी यति धेरै उत्साहित थिए कि उनले अश्लिल पारामा समेत गोल सेलिब्रेसन गरे । सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन महत्वपुर्ण भुमिका खेलेका उनी नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित हात पारेपछि अति नै उत्साहित भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु