अष्ट्रेलियाको प्रमुख सहरहरु विश्वकै सबैभन्दा सुरक्षित सहरको सूचीमा ? कुन-कुन परे (सूची सहित)

अष्ट्रेलिया । विश्वकै सबैभन्दा सुरक्षित सहरको सूची सार्वजनिक भएको छ । इकोनोमिक’स सेफ सिटिज इन्डेक्सका अनुसार, पटक जापानको सबैभन्दा सुरक्षित सहरको पहिलो नम्बरमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।

स्वास्थ्य स्थिति, भौतिक पूर्वाधारको सुविधा, आम्दानी, जीवनशैली, हावापानी, व्यक्तिगत सुरक्षा आदिको आधारमा सूची तयार गरिएको बताइएको छ । विश्वका प्रत्येक सहरलाई १०० पूर्णाङ्क राखेर मूल्यांकन गरिएको हो । अष्ट्रेलियाका मूख्य सहरहरु मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा परेका छन् । अष्ट्रेलिया प्रमुख सहरहरु सुरक्षित सहरको सूचीमा रहेका छन् । अष्ट्रेलियाको मेलबर्न सहर ८७.३० अंक सहित पाँचौं स्थानमा र सिड्नी सहर ८६.७४ अंक सहित सातौँ स्थानमा आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु