सलमानको ‘रेस–३’ संसारकै झुर फिल्मको लिस्टमा

बलिउड । बलिउडका स्टार अभिनेता सलमान खानको पछिल्लो फिल्म ‘रेस–३’ खराब फिल्मको लिस्टमा सामेल भएको छ। रिलिजको पहिलो हप्ताको सुरुवाती चरणमा बक्स अफिसमा राम्रै कमाइ गरेको यो फिल्मले प्रदर्शनको ३ दिनमै १०० करोड कमाएको थियो। रिलिजको पहिलो हप्तामै सलमानको यो फिल्म बक्स अफिसमा क्रमसः ओरालो लागेको थियो।

बक्स अफिसमा मात्रै नभएर यसले दर्शक र फिल्मी समीक्षकहरुको समेत राम्रो प्रतिक्रिया पाउनबाट चुक्यो। केही फिल्म समीक्षकहरुले रेस–३ लाई औषत फिल्म मान्दै २ वटा तारा मात्रै दिएका छन् भने केहीले भने यो फिल्मको बारेमा पूरै नकरात्मक प्रतिक्रिया दिएका छन्।

दर्शक र समीक्षक दुवैको नकरात्मक प्रतिक्रियापछि प्रतिष्ठित वेबसाइट इन्टरनेट मुभी डाटावेस (आइएमडिबी)ले यसलाई ससांरका १०० खराब फिल्मको सूचीमा राखेको छ। १०० खराब फिल्ममा सलमानको रेस–३ ७६ औँ नम्बरमा परेको छ।

संसारका सबैभन्दा खराब फिल्मको सूचीमा हलिउडको फिल्म ‘कोडे नेम केओजेड’ पहिलो नम्बरमा रहेको छ। उनको यसअघिको फिल्म ‘ट्युबलाइट’ले पनि उत्साजनक प्रतिक्रिया बटुल्न सकको थिएन्।

केही समय अगाडि सम्म एकपछि अर्को हिट फिल्म दिएर चर्चाको शिखरमा रहँदै आएका सलमानको पछिल्लो यात्रालाई हेर्दा उनी क्रमशः ओरालो लागेको देखिन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु