फ्रान्सविरुद्ध नतिजा निकाल्नै पर्ने दबावमा डेनमार्क, अष्ट्रेलियाको झिनो आशा

काठमाडौँ । समुह सी को आज अन्तिम तीन खेलहरु हुँदैछन् । अष्ट्रेलियाले पेरुको सामना गर्दैछ भने विश्वकपका लागि छनोट भइसकेको फ्रान्सले डेनमार्कसँग खेल्दैछ ।

पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गरेको फ्रान्सले दोस्रो खेलमा पेरुलाई पराजित गर्दै अन्तिम १६ का लागि स्थान सुरक्षित गरेको थियो । फ्रान्सको ६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको डेनमार्कको चार अंक रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको अष्ट्रेलियाको एक अंकमात्र रहेको छ । विश्वकपबाट बाहिरिसकेको पेरुले अंक जोड्न सकेको छैन ।

एकसाथ सुरु हुने दुवै खेल मध्ये अष्ट्रेलियाले पेरुमाथि जित हात पार्नै पर्ने बाध्यता रहेको छ भने, डेनमार्कलाई पनि उस्तै दबाब रहेको छ ।

फ्रान्ससँग डेनमार्क पराजित भएमा वा अष्ट्रेलियाले पेरुमाथि जित निकालेमा अष्ट्रेलिया अन्तिम १६ का लागि छनोट हुनेछ ।  डेनमार्कले फ्रान्ससँग बराबरी खेले पनि अर्को चरणका लागि छनोट हुनेछ ।

विश्वकपको दाबेदार मानिएको फ्रान्स हरेक पक्षमा बलियो रहेको छ । डेनमार्कमाथि जित हात पार्ने फ्रान्सका प्रशिक्षक डेसच्याम्पले बताएका छन् ।

त्यस्तै विश्वकपमा बलियो खेल प्रदर्शन गर्दै आइरहेको फ्रान्स पछिल्लो समय उच्च लयमा रहेको छ । विश्वका प्रतिष्ठित खेलाडीहरु रहेको यस टोली ग्रुप विजेता हुने फुटबल पण्डितहरु बताउँछन् । डेनमार्क बलियो टोली भएता पनि फ्रान्स जस्तो उच्च फर्ममा नरहेको उनीहरु बताउँछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु