के गर्दैछन् पोखरामा पूर्व युवराज पारस ?

पोखरा । पूर्व युवराज पारस शाह गेरु वस्त्रमा सजिएर यतिबेला पोखरामा छन् । गोरखाको गोरखनाथको दर्शनपछि पोखरा पुगेका पूर्व युवराज पारस यतिबेला आफ्ना शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटमा व्यस्त देखिएका छन् ।

पोखराको लेकसाइडमा रेण्टुरेण्ट व्यवसाय गर्दै आएका रेशम गुरुङसँगै पोखरमा रहेका शाहले पोखरा रंगशालमा पुगी खेलाडीहरुसँग आइतबार भेटघाट गरे । भेटघाटमा विभिन्न विधाका ४० खेलाडीहरुको सहभागीता रहेको थियो ।

उक्त भेटघाटमा पारसले खेलकुदमा राजनीति भएको भनेर आरोप लगाएका थिए । साथै उनले आफू खेलाडीहरुको साथमा रहेको पनि भन्न भ्याए । उनले आफूपनि जनता भएको भन्दै यतिबेला नेपाल कसरी जोगाउन सकिन्छ भन्नेमा  चिन्तित रहेको धारणा राखे ।

पारसले यस पटक पोखरामा सामान्य नागरिकहरुसँगको भेटघाट बाक्लो बनाउनुका साथै आफ्ना शुभेच्छुकहरुसँगै खाना खाने र बास बस्ने कामसमेत गरेका छन् । साथै शुभेच्छुकहरुसँगै बसेर उनले विश्वकप फुटबलसमेत हेरेका थिए ।

उनी आइतबार विशेष भेटघाटमा व्यस्त देखिए । उनलाई काँग्रेस नेताहरुले गाेप्यरुपमा भेटेर हिन्दु राज्य र राजसंस्थाले मात्र देशलाई भलो गर्ने भन्दै त्यसबारे सुझाएको स्रोतले बताएको छ । उनी अझै एक दुई दिन पोखरामै बस्ने कार्यक्रम रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु