‘हिसिला समयभन्दा पहिले जन्मेकी अद्भुत महिला’

काठमाडाैँ । पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नी पत्नी हिसिला यमी समय भन्दा पहिले जन्मेकी अद्भुत महिला भएको बताएका छन्। यमीको ६० औँ जन्म दिनको अवसरमा फेसबुकमार्फत् बधाई तथा शुभकामना दिँदै डा भट्टराईले पत्नीबारे यस्तो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, “४० बर्षको मेरो तिमीसँगको सहकार्य र सहवासको अनुभवले भन्छ, तिमी हाम्रो समय भन्दा अलिक पहिले जन्मेकी एक अद्भूत महिला हौ’ भट्टराईले भनेका छन्, ‘कतिपयले खराब नियतवश र कतिपयले हल्लैहल्लामा तिम्रो वदनाम गर्ने कोशिस गरे पनि अन्ततः इतिहासले तिमीलाई महिलामुक्ति र समग्र मानवजातिको मुक्तिकानिम्ति आफ्नो जीवन समर्पित गर्ने एक महान् महिलाको रूपमा स्थापित गर्नेछ।’

हिसिला जस्तो जीवनसाथी पाएकोमा आफू गौरवान्वित भएको पनि डा भट्टराईले बताएका छन्। भट्टराईले लेखेका छन्, ‘म तिमीजस्तो जीवनसाथी पाएकोमा गौरवान्वित छु! भोलटेयरले आफ्नी प्रेमिकाबारे भनेको She understands Newton, she makes me happy उद्धरण सापट लिएर मलाई पनि तिमीबारे भन्न मन लाग्छ- She understands Marx, she makes me happy!”

जन्मदिनको अवसरमा शुभकामना दिन गरिएको पोष्टमा भट्टराईले माओवादीमै छँदा हिसिलासँग नाचेको तस्वीर प्रयोग गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु