मलेसियामा भएको बस दुर्घटनामा ३६ नेपाली घाइते

 

काठमाडाैं । मलेसियामा सोमबार बिहान भएको बस दुर्घटनामा परि कम्तीमा ३६ नेपाली घाइते भएको खबर प्राप्त भएको छ । मलेसियाको पेनाङस्थित पया र्टेवोङमा ६० कामदार बोकेको बस दुर्घटना भएको हो । दुर्घटनमा परी कम्तीमा ३६ नेपाली कामदार घाइते भएका छन् ।

सो दुर्घटना स्थानीय समयअनुसार बिहान साढे ५ बजे भएको थियो । घाइतेमध्ये धेरैको टाउको, हात र खुट्टामा चोट लागेको बताइएको छ। उनीहरूको उपचार पालुवा पेनाङ अस्पतालमा भइरहेको छ। घटना लगत्तै मलेसियाको उद्धार टोलीले घाइतेहरुलाई उपचारका लागि अस्पताल लगेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु