हुण्डाईले ४ नेपालीलाई विश्वकप फाइनल देखाउन लाने

काठमाडाैँ । हुण्डाई गाडीको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालि ४ जना नेपालीलाई विश्वकप फाइनल हेर्न रसिया लाने भएको छ। पोखराका अनिसा गुरुङ र लालबहादुर गुरुङ, भरतपुरका विनोद कुमार भट्ट र दमकका गोपाल अग्रवाललाई रसिया लाने निर्णय गरेको हो।

लक्ष्मी इन्टरनेशनलले केहि समय अघि आफ्नो नयाँ योजना ‘रोड टु रसिया’ सार्वजनिक गरेको थियो। उक्त योजनाको विजेतालाई कम्पनीले विश्वकप फइनल देखाउन रसिया लान लागेको हो।  लक्ष्मी इन्टरनेशनले आफ्ना पुराना ग्रहाकहरुबाट दुई जना र नयाँ ग्राहकबाट दुई जना विजेतालाई रसिया लान लागेको हो। योजनामा सहभागीलाई लक्की ड्रमा समाबेस गरेको थियो।

हुण्डाई शोरुम थापाथलीमा सम्पन्न लक्की ड्रमा पुराना ग्राहकबाट पोखरा निवासी अनिसा गुरुङ र लालबहादुर गुरुङ विजयी भए भने नयाँ ग्राहकहरु मध्ये भरतपुरका बिनोदकुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका हुन्। विजेतालाई कम्पनीले हवाई टिकेट र बसाई खर्चको व्यवस्था गर्नेछ।

यसका साथै यस योजनामा हरेक हुण्डाईगाडी खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसुङ इलइडी टीभी पनि प्रदान गरेका थियो। अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा विश्वकप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ ।

फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै हुण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध रहेको जनाएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु