नेप्सेमा सुधारको संकेत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधारको संकेत देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.६२ अंकले बढेर १२१८.४६ अंक कायम भएको छ ।

आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१२ अंकले बढेको छ ।बजारमा कारोबारमा आएका बैंकिङ, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूहको परिसूचक बढेका छन् भने बाँकी सबै समूहको परिसूचक घटेका छन् ।

आज बजारमा १६३ कम्पनीका ६ लाख २घ हजार २११ कित्ता सेयर ३ हजार ५१३ पटक खरिदबिक्री हुँदा १९ करोड ६६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु