धनाढ्यहरु बसाईसराईको लागि अष्ट्रेलिया पहिलो रोजाईमा

अष्ट्रेलिया । अष्ट्रेलिया धनाढ्यहरु बसाईसराईको लागि पहिलो रोजाईमा परेको छ । AfrAsia Bank Global Wealth Migration Review 2018 का अनुसार गत वर्ष अर्थात २०१७ मा ९५ हजार जना धनाढ्यहरु विभिन्न देशमा बसाईसराई सरेर अष्ट्रेलिया आएका छन् । पछिल्लो समय अष्ट्रेलिया विद्यार्थीहरुको मात्र नभएर धनाढ्य तथा व्यवसायीहरुको पनि मूख्य गन्तव्य बनिरहेको छ ।

त्यसमध्ये १० हजार जना धनाढ्यहरुले बसाईसराईको लागि अष्ट्रेलियालाई रोजेको देखिएको छ । जस अनुसार, अष्ट्रेलिया विश्वका धनाढ्यहरुको रोजाइको देशमा पहिलो स्थानमा आएको छ ।

त्यस्तै अमेरिकामा गत वर्ष ९ हजार जना धनाढ्य बसाई सराई गरेका छन् । क्यानाडा र संयुक्त अरब इमिरेट्समा ५/५ हजार जना धनाढ्य बसाई सराई गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु