रहेनन् वरिष्ठ न्यूरो सर्जन डा. देवकोटा

काठमाडौं ।  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित उनको  सोमबार साँझ ५.३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। २५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए ।

यस्तो छ अस्पतालको शोक विज्ञप्ती 

 

सम्बन्धित शिर्षकहरु