मुक्तिनाथमा नियमित योग अभ्यास,भारतीय पर्यकट ह्वात्तै बढे

काठमाडौं । भारतीय दुतावासले पर्यटकीय तथा धार्मिक स्थल मुक्तिनाथमा योगा अभ्यास गरेको छ । मुक्तिनाथ मन्दिर परिसरमा दु्तावासले धार्मिक गुरुसहितलाई योग अभ्यास गराएको हो ।

समुन्द्री सतहबाट १२ हजार ५ सय फिटको उचाईमा योगा गरिएको यो नै पहिलो पटक भएको नेपालस्थित भारतीय दुतावासले जनाएको छ । मुक्तिनाथ जाने पर्यटकको संख्या ह्वात्तै बढेको । साथै मुक्तिानाथ मन्दिरको स्वरुप पनि बदलिएको स्थानीयको भनाइ छ । यति मात्र होइन मोदी भ्रमणपछि मुक्तिनाथमा नियमित योग गर्न थालिएको छ ।

स्वास्थ्यका लागि अति आवश्यक तथा शान्तिका लागि योग महत्वपूर्ण मानिन्छ । योग प्रेमी भारतीय प्रम मोदी आएपछि मुक्तिनाथमा ठूलो संख्यामा उपस्थित भएर बिहान नियमित योग गर्न थालिएको छ ।

योगमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक पनि सामेल हुने गर्छन् । संयुक्त राष्ट्रसंघबाटै मान्यता प्राप्त जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवस नजिकिदै गर्दा योगले प्राथमिकता पाएको छ । अब पर्यटनका साथै मुक्तिनाथबाट योग पनि पाइनेछ।

यसअघि दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथमा भव्य स्वागत गरिएको थियो । नाकाबन्दीको पीडा भुलेर नेपालीहरूले उनलाई स्वागत गरेका थिए । त्यतिमात्रै होइन मोदीले पनि उनीहरूसँग हात मिलाउनुको साथै सेल्फी समेत खिचेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु